मकवानपुर । हेटौंडामा शुक्रबारबाट भिडोल विजय यूथ हेटौंडा गोल्डकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर– ११ लाई सेन्ट्रल कलेज बीएफसी भरतपुर हराएको छ । घरेलु मैदानमा मकवानपुर ११ लाई सेन्ट्रल कलेज बीएफसी भरतपुरले २ –१ गोल अन्तरले हराएको हो ।
उद्घाटन खेलमा दुवै टिमको मध्यम प्रदर्शन रहेको खेलको ५ मिनेटमा भरतपुरको लागि विदेशी खेलाडी जोनले गोल गरेर अग्रता दिलाएका थिए भने मकवानपुर ११ का रिसी मोक्तानले १५ औं मिनेटमा गोल फर्काएर बराबरी स्थितीमा ल्याएका थिए । म्यान अफ दी म्याच बनेका रन्जित आलेले भरतपुरको लागि ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सेन्ट्रल कलेज बीएफसी भरतपुरले अब सेमिफाईनलमा एफ सि रियाले काठमाडौं सँग भोली खेल्ने पक्का भएको छ । खेलको दोस्रो दिन आज शनिबार विरंगव युनाईटेड र हर्दि युवा समाज राप्ती भिड्ने छ ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले गरेकी थिईन् । उद्घाटन गर्दै उपमेयर लामाले हालसम्म खेलकुदको विभिन्न संरचना, कभर्डहल, मिनिरंगशाला लगायत जिम क्बल बनाउदै, मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । उनले साथमा खेल, गाँसमा खेल र बाँसमा पनि खेललाई महत्वपूर्ण दिने समयमा विगत ८ महिना देखि खेलकुदको गतिविधि हुन नसकेको भन्दै खेल क्षेत्रले पुनः लय समातेको बताईन् । हेटौंडा उपहानगर खेल क्षेत्रमा सँधै साथ रहेको बताएकी थिईन् ।
एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता रहेकाे छ ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।