मकवानपुर । मकवानपुर प्रहरीले फरक मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । यौन दुरुपयोग मुद्धामा २ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी भिमफेदी गाँउपालिका वडा नं. ४ का ३२ बर्षीय नविन स्याङतान र ज्यान मुद्धामा २ हजार जरीवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी मनहरी गाँउपालिका वडा नं. ४ का ४० बर्षीय लालचन्द्र प्रजालाई माघ १४ गते पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
२०७६ भदाै २२ गतेको फैसलाले यौनयौन दुरुपयोग मुद्धाका फरार प्रतिवादी स्याङतानलाइ बाँकी कैद भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको रानाले बताए । यस्तै २०६८ कार्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्धाका फरार प्रतिवादी प्रजालाई पक्राउ गरी जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको उनले बताए ।