मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरकाे जिल्ला अधिबेशन आगामी फाल्गुन २९ गते हुने भएकाे छ । मंगलबार हेटौंडामा बसेको पार्टी जिल्ला कार्य समितिको बिस्तारित बैठकले पार्टीको जिल्ला अधिबेशन फाल्गुन २९ गते गर्ने निर्णय गरेकाे हाे ।
बैठकले पार्टीका जिल्ला नेता गोपि प्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला निर्बाचन समिति समेत गठन गरेको छ । जिल्ला अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले पार्टी र बिचारलाई स्थापित गर्नको निमित्त संगठन केन्द्रित हुनुपर्नेमा जोड दिदै राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउनु पर्ने बताए।
सकृय सदस्यता अभियानलाई प्रभाबकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्दै मुलुकलाई बनाउने र बचाउने अभियान पार्टीले शुरु गर्नुपर्ने आबश्यकता औल्याए । बैठकमा केन्द्रिय सदस्यहरु नबराज बिष्ट,बालकृष्ण कार्की, राम थोकरले अधिबेशनलाई अर्जुनदृष्टिका साथ अगाडि बढाउनु पर्ने बताए ।
बैठकमा जिल्ला कमिटीका पदाधिकारी सदस्य,क्षेत्र,नगर,गाउँ पालिका,जनबर्गिय संगठन र नगर भित्रका वडाका अध्यक्षहरुको सहभागीता रहेको राप्रपा मकवानपुरले जनाएकाे छ ।