मकवानपुर/अदालतद्वारा कैद सजाय सुनाएपछि फरार रहेका प्रतिवादीलाइ ४ वर्षपछि प्रहरीले पक्राउ गरेकाे छ ।
सर्वोच्च अदालतले २०७३ जेठ २६ गतेको फैसलाले कैद सजाए सुनाएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हाे । जवरजस्ति करणी मुद्धामा ३ बर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ३४ वर्षीय जीवन स्याङबोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिवादी स्याङ्बोलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।