मकवानपुर/चर्चित गायिका पुर्णिमा तामाङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलयले सम्मान गरेको छ । गायिका तामाङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलयले मानार्थ सदस्यताको प्रमाण तथा दोसल्ला र प्रमाणपत्र सहित सम्मानित गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय काठमाडौको २० औ वार्षिक साधारण सभाको अवसर गायिका तामाङलाई सम्मान गरिएको हो । प्रतिष्ठानबाट सम्मानित भए पश्चात गायिका तामाङले आफूमाथी गीत सङ्गीत क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गीत सङ्गीत क्षेत्रमा निरन्तर अघि बढिरहने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रम्मा दोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जि र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापालगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्षहरु तथा कलाकारहरुको उपस्थिती रहेको थियो ।
को हुन् पुर्णिमा ?
चर्चित गायिका पुर्णिमा तामाङ बिक्रम संवत २०५४ साल असोज २९ गते बुवा राम चन्द्र तामाङ र आमा कान्छी माया तामाङकी कान्छी सुपुत्रीको रुपमा धादिङ जिल्ला साविक बैरेनी गाविस (हाल गल्छी गाउँ पालिका वडा नं ७) मा जन्मिएकी हुन् ।
चर्चित गायिका पुर्णिमा तामाङलाई यतिबेला गीत गाउन भ्याई नभ्याई छ भने बिभिन्न संघ संस्थाबाट दैनिक सम्मानित भैरहेका छन । कलिलो उमेरमै चर्चित गायिका बन्न सफल भएका पुर्णिमा तामाङले झन्डै चार सयभन्दा बढी गीत गाईसकेकी छिन् । पुर्णिमाले गाएका हरेक गीतहरु करोड भ्युज सहित युटुबको टपटेन भित्र पर्ने गरेको लोक गायक बुद्धिमान घिसिङले बताए ।
पुर्णिमाले गाएका फुल भनौ जिन्दगी लाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिना पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गीतहरु दर्शकहरुले अत्याधिक रुचाएका घिसिङले बताए ।
आफुले गाएका गीतहरु चर्चित भए पश्चात गायिका तामाङ हङकङ, कोरिया, मलेसिया, दुबई, कतारलगायत देशहरुमा दर्शकहरुमाझ आफ्नो प्रतक्ष्य प्रस्तुती दिई स्वदेश फर्किसकेकी छिन भने झन्डै आधा दर्जनभन्दा बढी उतकृष्ट गायिका बिधाबाट अवार्ड चुमिसकेका गायिका दैनिक जसो विभिन्न संघ संस्थाबाट दैनिक सम्मानित भैरहेको लाक तथा दोहारी गीत प्रतिष्ठानले जनाएको छ ।
