मकवानपुर/मकवानपुरे साहित्यकार लक्ष्मण बानियाँको ‘मेरो गीत यीनै पाखा पहरामा खोज’को लिरिकल भर्सन युटुबमा सार्वजनिक गरिएको छ ।
साहित्यकार बानियाँको उक्त गित आज शुक्रबारबाट सार्वजनिक गरिएको हो । गायक सुरेश लामाको स्वरमा रहेको गितमा संगितकार रबी मल्लले संगित दिएका छन् । गित एकाउस्टिक नेपालमा रेकडिङ गरिएको हो । एजेन्जर दिक्षित पौडेल रहेको गितमा लिरिकल भिडियो सञ्जित के घिसिङले खिचेका हुन् ।
साहित्यकार तथा गितकार बानियाँ मकवानपुरको हर्नामाडी स्थित ज्योति माविमा करिब चार दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त हुन् । हर्नामाडी ठुलोदमार निवासी बानियाँद्वारा लिखित रेकर्ड भएको यो पहिलो गित हो । उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।