मकवानपुर/६ महिनापछि बसेको बागमती प्रदेशको प्रदेश सभा बैठक २ दिन बसेर अनिश्चितकालको लागि स्थागित गरिएको छ ।
बागमती प्रदेशको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । बुधबार बसेको बैठकमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरे लगत्तै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए । यससँगै अब अर्को बैठक कहिले बस्छ भन्ने अन्यैलता जन्मिएको छ ।
प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अविस्वासको प्रस्ताबमाथि मत विभाजन गर्नुपर्ने प्रचण्ड माधब समुहका सांसदले भन्दै आएपनि हिउँदे अधिवेसन सुरु गरेको पहिलो दिनमानै संसद बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
आफ्नै दल नेकपाका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै अन्योल बनेको बागमती प्रदेशसभाको बैठकमा उक्त विषयले भने प्रवेश नै पाएको छैन । गत साउन ८ गते चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेट पारित गरेर स्थगित गरिएको प्रदेशसभा ६ महिनापछि सुरु गरिएको थियो ।
प्रदेशसभा बैठकको सुरुवातमा सदनमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बोल्ने संसदीय दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभाको विघटन गरेकोभन्दै त्यसको विरोध गरेका थिए । उक्त विषयमा मुख्यमन्त्री पौडेलले भने प्रवेश नै गरेनन् । मुख्यमन्त्री डोरमणि पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरकमत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताउँदै आएका छन् ।
प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम परिस्थितिमा रहेको भन्दै प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचान मिति तोकिएको अवस्थामा केहीले सत्ता पक्ष र प्रतिपक्षले विरोध जनाइरहेको प्रति खासै आपत्ति जनाएनन् ।
आफूलाई काम गर्न नदिने अवस्था भएपछि प्रधानमन्त्री ओलीले जनता सामु नयाँ जनादेशको लागि चुनाव रोज्नुपरेको उनले बताए । एउटै विचार अनि पार्टी भएता पनि अविश्वास गरिएको उनले गुनासो
गरे । उनले प्रदेश सरकार शुन्य अवस्थाबाट प्रदेश सरकार अहिलेसम्म धेरै अघि बढेको र विभिन्न नमुनालायक योजनाहरुमा सफल भएको बताए ।