मकवानपुर । भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण साेमबारबाट हेटाैडामा सुरू भएकाे छ। प्रतियाेगिताकाे सुरूवाती खेलमा साेमबार ४ स्पर्धा भएका छन् ।
साेमबारकाे प्रतियाेगिताकाे पहिलो खेलमा साेमबार आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गर्दै विजयी शुरूवात गरेकाे छ । हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुग र निमा लामाले १/१गोल गरेका थिए । कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गरेका थिए । पहिलाे खेलकाे म्यान अफ दी म्याच हेटौडा भेन्ट्रान्सका कृष्ण मालाकार घोषित भएका छन् ।
यस्तै साेमबार भएकाे दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडा लाई डिल्लिबजार भेट्रान्स काठमाडाैंले १–० गोलले पराजित गरेको छ । डिल्लिबजारका लागि उज्वल श्रेष्ठले गरेकाे गोल गरेको नै जितका लागि निर्णायक बनेकाे थियाे। यस खेलको म्यान अफ दी म्याच पनि डिल्लिबजार भेट्रान्स उज्ज्वल श्रेष्ठ नै घोषित भएका थिए ।
त्यस्तै साेमबार नै भएकाे तेस्रो खेलमा जोरपाटी भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजीत गरेको छ । जोरपाटीका लागि एकमात्र गोल दिपक लामाले गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटिका दिपक लामा भएका छन् ।
प्रतियाेगिता अन्तर्गत भएकाे साेमबार भएकाे चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले र बीरगञ्ज युथ एकेडेमी लाई १–० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागि सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका छन ।
छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन । खेल २०/२० मिनेट गरी ४० मिनेट खेलाईएको हाे ।
यस अघी खेलको हेटौडा उपमहानगरपालीकाकामेयर हरिबहादुर महतले उदघाटन गरेका थिए । उदघाटन गर्दै मेयर महतले खेल क्षेत्र चलयमान गर्न भेट्रान्स क्लबले गरेका यस किसिमकाे गतिविधिले खेल क्षेत्रमा ठुलो भूमिका रहने बताए ।
कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाअध्यक्षतामा उद्घाटन भएकाे प्रतियाेगितामा कार्यक्रम संयोजक कबिन सांगामीले प्रतियोगिता १० गते फाईनल खेल हुने बताए । यो वर्ष २० वटा टिमले प्रतियोगीतामा सहभागिता जनाएकाे अायाेजकले जानकारी दिएकाे छ ।