मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेकाे छ । विस्तारित शाखाबाट आइतबारका दिन देखि काराेबार सञ्चालनमा आएकाे बैंकले जनाएकाे छ ।
किर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा विस्तार भएकाे नयाँ शाखा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेकाे बैंकले जानकारी दिएकाे छ ।