मकवानपुर । बस्तीपुर जेसीजको अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट भेटवाल निर्वाचित भएका हुन । भेटवालले ६० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा अध्यक्ष अर्का आकांक्षी प्रकाश थोकर ३८ मतसहित पराजित भएका थिए।
यस्तै जेसीजको कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक (८५ मत) र तेज उप्रेती ‘रमेश’ (६६ मत) विजयी भएका छन् । कार्यकारिणी उपाध्यक्षका आकांक्षी विजय पौडेल ४३ मतसहित पराजित भएका हुन् । बस्तीपुर जेसीजको उपाध्यक्षमा रामचन्द्र दाहाल, कृष्ण ढकाल, शंकर नेपाल र महेन्द्र राना सर्वसम्मत निर्वाचित भएका छन् । जेसीआई बस्तीपुरका एक सय सदस्य मध्ये ९९ जनाले मतदान गरेको बस्तीपुर जेसीजका पूर्वअध्यक्ष जेसीआई सुनिल अधिकारीले जानकारी दिए ।