मकवानपुर/ मकवानपुरमा ८ जना युवाहरु लागु औषध गाँजा सहित पक्राउ परेका छन् । शुक्रबार बिहान मनहरी गाउँपालिका–८ सिमपानी स्थितपुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनाराबाट लागु औषध गाँजा ४४ के जी सहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरु राक्सिराङ गाउँपालिका–२ का ७ जना तथा कैलाश गाउँपालिकाका १ जना रहेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ–२ का २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दिपक लामा, ५२वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिङ्तान, ३६वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका ४ का ३४ वर्षीय सिताराम सिङ्तान रहेका छन् ।
यसैगरि प्रहरीले विहीबार राति मनहरी गाँउपालिका–६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देखेर गाँजा छोडी भागेका थिए । गाँजा छोडेर फरार रहेकोको खोजि भैरहेको प्रहरीले जनाएको छ ।