मकवानपुर/नेपाल कम्युनिष्ट पाटी (प्रचण्ड–माधव) समुह मकवानपुरको बागमती गाउँपालिकामा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
आज मंगलबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेपाली काँग्रेस र राप्रपाबाट दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी मकवानपुरका सचिवालय सदस्य माधव घोरसाइनी, जिल्ला सदस्य जित बहादुर भ्लोन सहित बागमती गाउँ कमिटि नेकपामा प्रवेश गरेको छ । त्यस्तै नेपाली काँग्रेस बागमती गाउँपालिका ५ का पूर्व सभापति केदार थापा, ४ नम्बर वडाबाट कमल रसाइली, निसान भोम्जन, आसाराम थिङ, ७ नम्बर वडाबाट निर्मला तिमल्सिनाको नेतृत्वमा नेकपा प्रवेश गरेको हो ।
राप्रपाबाट एमध्वज बल, धनबीर स्याङ्तान लगायत पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले स्वागत गरेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन ९पृथक० ले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले प्रधानमन्त्री गलत कदम चाल्दै दुई तिहाई जनमतको अपमान गरेको बताए ।
पार्टी अध्यक्ष सिग्देलले प्रधानमन्त्रीको असम्बैधानिक कदमको बिरुद्ध वडा तहसम्म संघर्षको कार्यक्रम अघि बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिइन् । पौष महिनाभित्र वडा कमिटि बैठक, प्रशिक्षण र जनवर्गीय संगठनहरुको बैठक सकाउने र गाउँपालिका स्तरीय बृहत्त कार्यकर्ता भेला प्रशिक्षण गरिने उनले बताइन् ।
कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सदस्य सर्केश घलान, जिल्ला पार्टी सचिवालय सदस्य भगवती पुडासैनी, ज्ञान सागर भ्लोन, जिल्ला सदस्यहरु सर्मिला बिक,जनक पहरी, दिलदोर्जे पाख्रिन, दन्तलाल माझी, मंगल रखाल लगायतको आतिथ्यता रहेको थियो ।