मकवानपुर । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत व्यवस्था गरेकाे विभिन्न छुट सुविधाहरुको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।
आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार भएकाे अन्तरक्रिया कार्यक्रममा कार्कीले विभिन्न सुविधाहरुको बारेमा बाेल्दै सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने बताए । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ ।
मकवानपुर उद्याग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कडेल शर्मा, रुपकराज दहाललगायतले मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।