मकवानपुर/ हेटौंडा उपमहानगरपालिका–७ का वडा अध्यक्ष राजन थापाले युवा एकता कायम राख्दै, सकारात्मक समाजको निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
समृद्ध युवा बचत कोष हेटौंडा ७ नागस्वतीको चौथो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । युवा बचत कोषले आगामी दिनमा अझै सशक्त रुपमा वडाको विकास निर्माणमा योगदान गर्न अध्यक्ष थापाले सुझाव दिए ।

कोषका निबर्तमान अध्यक्ष सुशील सुवेदीको सभाअध्यता कार्यक्रम गरिएको थियो । कार्यक्रममा सस्थापक अध्यक्ष किरण लामिछाने र कोषका निबर्तमान अध्यक्ष सुशील सुवेदीले प्रमुख अतिथि थापालाई खादा र मायाको चिनो दिएर स्वागत गरेका थिए । कोषका निबर्तमान अध्यक्ष सुवेदीले कोषको प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैगरी कोषका कोषाध्याक्ष सुमन लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष लामीछानेले सम्पूर्ण युवा समाजका हरेक बिषयमा एउटा धारमा उभिएर अगाडि बढ्नु पर्नेमा बताए । यसैगरी मकवानपुर साहित्य समाजका सदस्य मनोज पोख्रेलको सम्योजकत्वमा निर्बाचन कमिटी गठन गरी भेलाले युबराज गौतमको अध्यक्षतामा ९ सदसिय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेम चौलागाईं ,सचिबमा श्याम दाहाल, कोषाध्याक्षमा सुमन लामिछाने ,सदस्यहरुमा बिक्रम लुइँटेल ,सिताराम तिमल्सिना, रोसन श्रेष्ठ, धर्मराज गुम्बी, नबराज दाहाल लाई चयन गरेको छ ।