मकवानपुर । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको प्रस्ताव पारित गरी स्वीकृतको लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरी संसद् विघटन गर्ने सरकारको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन्। मन्त्रिपरिषद्काे बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न स्वयं राष्ट्रपति कार्यालय पुगेका थिए।
आइतबारै राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका मुलुकहरुको अभ्यास बमोजिम हुनेगरी संसद् विघटनको प्रस्ताव स्वीकृत गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रपतिले २०७८ वैशाख १७ र २७ मा प्रतिनिधिसभा चुनावको मिति समेत तोकेकी छन्।