मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा लगाइएकाे गाँजा फडानी गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को लावती लगायतका स्थानहरुमा १५ विगाहामा अबैध रुपमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको ६० जना प्रहरी टोलीले बारीमा लगाइएको हरियो गाँजा नष्ट गाँजा नष्ट गरेको रानाले बताए ।