मकवानपुर । मकवानपुरमा शुक्रबार थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । हेटाैडा उपमहानगरपालिकाका विभिन्न वडाका ३ जना महिला तथा ६ जना पुरूष गरी ९ जनामा काेराेनाे पुष्टि भएकाे हाे ।
हेटाैडा उपमहानगरपालिकाकाे १ नं. वडाका २ जना पुरूष, ४ नं. वडाका १ जना महिला र २ जना पुरूष ५ नं. वडाका १ जना महिला ९ नं. वडाका १ जना पुरूष ११ नं. वडाका १ जना पुरूषा १८ नं. वडाका १ जना महिलामा काेराेना भाइरस पुष्टि भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेला चाैलागाइले जानकारी दिए ।