मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिकाले आफ्ना पदाधिकारी र कर्मचारीका बिषयमा पछिल्ला दिनहरुमा सार्बजनिक भएका समाचारमा सत्यता नरहेको प्रष्ट्याएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बिहिबार विज्ञप्ती प्रकाशन गर्दै मिडियाहरुमा सार्बजनिक भएका समाचारहरुमा सत्यता नरहेको बताएका हुन् । साथै समाचार प्रकाशन गर्दा सम्बन्धित पदाधिकारी र प्रतिनिधिहरु सोधखोज गरेर मात्रै सम्प्रेषण गर्न उनले आग्रह गरेका छन् ।
अध्यक्ष उप्रेतीले स्वस्थ आलोचना र भूमिकाका लागि लागि सञ्चार माध्यमहरुसँग सदैब अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।
गाउँपालिकामा कर्मचारीहरु र जनप्रतिनिधिहरुबीच विवाद भएको, उपाध्यक्ष मनिला बिष्टले राजीनामा दिएकोलगायत समाचारहरु केही दिनदेखि प्रकाशन भइरहेको थियो । सोही घटनाक्रमलाई लक्षित गरी बिज्ञप्ती प्रकाशन गरी त्यस्ता समाचारहरुमा सत्यता नरहेको गाउँपालिकाले विज्ञप्ती प्रकाशन गरी स्पष्ट पारेको हो ।
