मकवानपुर । मकवानपुर प्रहरीले ७ बिगाहा गाँजा खेती नष्ट गरेकाे छ । पुष १ गते बुधबार मकवानपुर बकैया गाँउपालिका ६ गोवरस्थान लगायतको क्षेत्रहरु लगाइएकाे उक्त परिमाणकाे गाँजा खेती नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

लागू औषधकाे रुपमा प्रयाेग गरिने भएकाेले नेपालमा प्रतिबन्धित गाँजा खेती फडानीलाइ प्रहरीले तिव्रता दिएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएकाे संयुक्त प्रहरी टोलीले ७ बिगाहा लागू औषध गाँजा खेति फडानी गरी नष्ट गरिएकाे रानाले बताए ।