मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शनिवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । डिसेम्बर एकमा इण्डियन आयल कर्पाेरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमको भनाई छ ।