मकवानपुर । मनहरी विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका वडा नम्बर ३ नेपाली कांग्रेस वडा सभापति अष्टकुमार बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज सुवेदी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सल्लाहकार शंकर न्याैपानेलगायतले मन्तव्य व्यक्त गरेकाे थिए ।