मकवानपुर /मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोला स्थित पशुपतिनाथ माविका विद्यार्थीहरुलाई व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत माइती नेपाल मकवानपुरको आयोजनामा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
मनहरी– ४ हाँडिखोला मसिनेका किशोर किशोरीलाई समेट्ने गरी पशुपतिनाथ माविको कक्षा ८, ९ र १० का १५ जना किशोरी तथा ५ जना किशोरहरुलाई अभिमुखिकरण गरिएको हो । व्यवसायिक यौन शोषण विरुद्ध सचेतनामुलक अभिमुखिकरण कार्यक्रममा पशुपतिनाथ माविका सहायक प्रध्यानाध्यपक शुसिल गौतमको समेत उपस्थिति रहेको थियो ।
विद्यालय स्तरका किशोर किशोरीहरुलाई यस्ता व्यवहारीक ज्ञान आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमहरु समय समयमा विद्यालयहरुका ल्याउनको लागि सहायक प्र.अ गौतमले आग्रह गरे ।
कार्यक्रममा सहजिकरण गर्दै माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बालबालिकाहरुमाथि पछिल्लो समय व्यवसायिक यौन शोषणको घटनाहरु बढेको बताइन् ।
विभिन्न समस्या र चुनौतिबाट बच्नको लागि यस्ता कक्षा सञ्चालन कार्यलाई विभिन्न विद्यालयहरुमा निरन्तर जारी राखिने लामाले बताइन् । बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण, मानव बेचविखन, लैङ्गिक हिंसालगायतको बारेमा अभिमुखिकरण गराइएको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सुरु गरिएको यो कार्यक्रम विभिन्न समूहका किशोर किशोरीहरुलाई निरन्तर जारी रहने लामाले बताइन् । कोरोना भाइरसको संक्रमणको कारण वैकल्पिक सिकाइलाई व्यवहारिक गराउनु पर्ने बाध्यात्मक अवस्थासँगै इन्टरनेटको प्रयोगबाट पनि बालबालिकामाथि व्यवसायिक यौन शोषणको संभावना बढेको उनले बताइन् ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सावधानी अपनाई कार्यक्रम आयोजना गरिएको लामाले बताइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सामान्य ज्ञानको प्रश्नावली सोधेर उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । साथै कार्यक्रममा सहभागी २० जना किशोर किशोरीहरुलाई स्टेशनरी समेत सहयोग गरिएको माइती नेपाल मकवानपुर सहजकर्ता सरिता तामाङ्गले बताइन् ।
लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तरगतका दिवसहरू सकिए पनि हिंसा विरूद्वकाे अभियान वर्षैभरी जारी रहने भएकाेले माइती नेपाल सधैंभरी अभियानमा सक्रिय रहेकाे प्रमुख लामाले बताइन् । कार्यक्रममा पशुपतिनाथ मावि शिक्षक बिबता अधिकारीकाे पनि उपस्थिति रहेकाे थियाे ।
