मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५ सय ३६ जना रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।