मकवानपुर/महिला सशक्तिकरण तथा गरीबी निवारण समुह नेपालले मकवानपुरको बकैया गाँउपालिकालाई कृषि सामग्री सहयोग गरेको छ । समूहले गाउँपालिकालाई १० ओटा हाते ट्याक्टर, ६ वटा विषादी छिट्ने मिसेन, एउटा धान काट्ने मेसिन र एउटा च्याउ बनाउने मेसिन हस्तान्तरण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तरगत सामग्री सहयोग गरिएको हो । कृषि सामग्री हस्तान्तरण गर्दै समुहकी अध्यक्ष ईन्दिरा न्यौपानेले कृषिमा आधुनिकिकरण गर्दै उत्पादन बृद्धि गर्न संस्थाले सहयोग गरेको बताइन् । यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका फिल्ड अधिकृत धनबहादुर चन्दले सरकारले अघि सारेको नीति अनुसार कृषिमा आधुनिकीकरणका माध्यमबाट मानिसलाई स्वरोजगार बनाउदै आर्थिक विकासमा सहयोग गर्न जमर्को गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरीबी निवारण समुहले सरकारले गर्न खोजेको काममा सहयोग गरी योगदान पु-याएको बताए । उपकरण वितरण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सरला बोलाखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलगायतको उपस्थिती थियो ।