मकवानपुर/आँचल साहित्य कला पुञ्जको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै विशेष कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियानको शिलशिलामा लैङ्गिक हिंसा विरुद्ध रचना वाचन कार्यक्रम गरिएको हो । जुम मार्फत आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्ध रचना वाचन कार्यक्रममा देशको विभिन्न जिल्लाका ५० जनाभन्दा बढी साहित्यकारहरुको सहभागीता रहेको थियो ।
वरिष्ठ साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अधिकांश साहित्यकारहरुले लैङ्गिक हिंसा विरुद्धका विभिन्न विधाका रचनाहरु सुनाएका थिए । कार्यक्रममा जोडिएका साहित्यकारहरुले लैङ्गिकताको आधारमा कसैमाथि पनि हिंसा गर्न नहुने धाराण राख्दै रचनाहरु सुनाएका थिए । पुरुषलाई सानैदेखि पितृसत्तात्मक शिक्षा दिएको कारण महिलामाथि हिंसा हुदैं आएको सहभागीहरुले बताए । कार्यक्रममा प्रमुख अतिथि शर्माले समाजमा महिलाहरु हिंसाको चपेटामा परेको बताइन् ।
‘जहाँ श्रीमान श्रीमति मिलेर घर चलाउँछ त्यहाँ सधैं सफलता मात्रै हात लाग्छ’ साहित्यकार कुन्ता शर्माले भनिन् । श्रीमानले श्रीमति वा श्रीमतिले श्रीमानलाई थिचोमिचो गर्दा हिंसा सदा रहिरहने उनले बताइन् । ‘हामीले आफूलाई आफैंले सानो र श्रीमानलाई ठुलो बनाएका हौ, जहाँ देह त्यहाँ छायाँ भन्दै शक्तिहिन जस्तो भएको कारणले पनि महिलाहरुले बढी पीडा भोगेको हुन्’ उनले भनिन् ‘कुनै पुरूष शक्तिहिन भएपनि महिलाले नै महान बनाएका छन् ।’
डिग्री गरेका श्रीमतिको श्रीमानले अर्को श्रीमति ल्याएपनि पहिलो श्रीमतिले मलाई एउटा कुनामा नै भएपनि बस्न देउ भन्ने गर्छन्, यो देखेर दिक्क लाग्छ’ उनले भनिन् ‘पितृ सत्ता त छ, तर महिला आफैंले पनि हिम्मत उठाउनु पर्छ ।’ महिलाहरुलाई चुनौतिका बिचमा पनि संघर्ष गरेर आफ्नो अवस्था माथि उठाउन उनले आग्रह गरिन् । अहिलेको अवस्था विगतको भन्दा केही आशाबादी भएको उनले बताइन् । आर्थिक रुपमा सशक्त भएका महिलाहरुले हिंसा सहेर बस्न नहुने उनले बताइन् ।
कार्यक्रममा साहित्यकार गिता त्रिपाठीले महिला वा पुरुषवादी सोचका कारण समाजमा हिंसा रहिरहेको बताइन् । ‘हामीले सानै देखि छोरी र छोरालाई दिने संस्कारमा पनिवर्तन ल्याउनु पर्ने छ ’ साहित्यकार त्रिपाठीले भनिन् । आँचल साहित्य काला पुञ्ज कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु देवराज तिवारी, दीपक गौतम, निरा शर्मा, भावना सापकोटा, गणेश पैडेल, अमृता नेपाल, शुभ लक्ष्मि प्रभा, एलिजा पुडासैनी, मसान उपासक, लगायतले विभिन्न विद्यालयका बालबालिकाहरुले समेत रचना वाचन गरेका थिए ।