मकवानपुर । हेटौंडामा आइतबार “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा शक्ति प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा करिब एक हजार जनाको सहभागीता रहेको आयाेजकले जनाएकाे छ ।
मोटरसाईकल तथा साना सवारी ¥यालीमा अधिकाशं मानिसहरु मकवानपुरसहित बारा, पर्सा, रौतहट, चितवनका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट युवाहरुको बढी सहभागिता रहेको जनाइएकाे छ । उनीहरुले नपालको राष्ट्रिय झण्डा बाकेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा नारा जुलुस लगाउँदै हेटौंडा परिक्रमा गरेका थिए ।
प्रदर्शनमा समभागीहरूले“अखण्ड नेपाल जिन्दावाद,स्वाभिमान नेपाली जनता जिन्दावाद,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,धर्म निरपेक्षता खारेज गर,संघियता खारेज गर,२०४७ सालको संविधान लागु गर लगाएतका नाराहरु लगाएका थिए ।
पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भईरहेको छ । यसअघि राजावादी समूहले पोखरा र जनकपुरमा समेत प्रदर्शन गरिसकेको छ ।