मकवानपुर । मकवानपुर प्रहरीले लागू औषध चरेश बनाउन प्रयाेग गरिने २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका ३ औलेडाँडा स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले चरेश बनाउन तयार गरिएको उक्त गाँजाको धुलो बरामद गरेको हो ।
चैनपुर प्रहरी चाैकीबाट खटिएकाे प्रहरी सहायक निरीक्षक बिशाल तमाङको गस्ती टोलीलाई २ जना व्यक्तिले देखेपछि झोला छोडेर जङ्गलतिर भागेका थिए । प्रहरीले झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
लागू औषध चरेश बनाउन प्रयाेग गरिने उक्त परिमाणकाे गाँजाकाे धुलाे बोकी ल्याउने मानिसको खोजिकार्य भईरहेको प्रहरी प्रवक्ता रानाले बताए ।