मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा–१९ सान्नानीटार स्थित राप्तीखोलाबाट मंगलबार अन्दाजी ४० वर्षको एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शवको पहिचान हुन नसकेपछि बुधबार हुदिया सहित फोटो सार्वजनिक गरेको हाे ।
मृतकाकाे पहिचान खुल्न नसकेपछि फोटो सहित हुलिया सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् । मृतक पुरुषको पहिचान हुन नसके पछी हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको उनले बताए ।
मृतकको हुलिया गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो (फुलेको) कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेखिएको सेतो रंगको हाफ टिसर्ट लगाएको पाइएकाे प्रवक्ता रानाले बताए ।