मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोग गठन भए पश्चात मंशिर ८ गते साेमबार पहिलोपटक कर्मचारी मागकाे सूचना प्रकाशित गरेकाे छ । साेमबार प्रदेश लाेक सेवा आयाेग हेटाैडाबाट विभिन्न सेवा समूहका ४ सय ६९ जना कर्मचारी माग गरेको हाे ।
बागममती प्रदेशकाे मन्त्रालय र प्रदेश अन्तर्गतका पालिकाहरुकाे लागि सहायकस्तर चौथो तहकाे पद पूर्ति खुला र बढुवाबाट गर्ने गरी विज्ञापन गरिएको आयाेगले जनाएकाे छ । प्रदेशका दुई मन्त्रालयका २२ जना र ४४ पालिकाबाट माग भएकाे सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
आयाेगले प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ । प्रदेशका १ सय १९ वटा पालिका मध्य ४४ पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।
हेर्नुहाेस सूचना






बार्षिक पदपूर्ति कार्यतालिका

