मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि बुधबार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको छ।
नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ जना रहेको छ ।
हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६ सय ३८ जना रहेको छ । क्वारेन्टिनमा ७ सय ६७ जना रहेका छन् । यस्तै हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८सय ५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएकाे छ ।
यस्तै बितेको २४ घण्टामा ८ सय ६४ महिला र १ हजार २ सय ३९ पुरुषसहित थप २ हजार १ सय ३ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।