मकवानपुर । बुधबारबाट निष्काशन भएकाे युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ निष्काशन भएको दिनमानै माग भन्दा बढी आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले दिएकाे तथ्यांक अनुसार पहिलाे दिन नै माग भन्दा बढी आबेदन परेको हो ।
बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार करिब ८३ हजार आबेदनबाट ११ लाख ३८ हजार २६० कित्ता शेयरको लागि आबेदन परेको छ । कम्पनीले स्थनीयमा बिक्री नभएको शेयर समेत थप गरी दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर आज बुधबार देखि बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा मंसीर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।