मकवानपुर । बितेको २४ घण्टामा ५ सय २ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमित पुष्टि भएकाे हाे । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो मन्त्रालयले बताएकाे छ ।
यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ८ सय ७८ जना काेराेना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको जम्मा संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १ सय ४६ महिला र १ सय ९३ पुरुष रहेका छन् ।
यस्तै हालसम्म मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ९८ जना रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ हजार ३ सय ९८ पुगेको हो ।
जिल्लामा काेराेना पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ । जिल्लामा काेराेना संक्रमित १९ जना आइसोलेसन र ५ सय ५८ जना संक्रमित हाेम आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोनाको कारण २८ जना को ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको ज्यान गए संगै ज्यान जानेको संख्या २८ पुगेको हो ।