मकवानपुर । मकवानपुर प्रहरीले लागू औषध नाईट्रोभेट सहित १ जना पक्राउ गरेकाे छ ।
कार्तिक २९ गते शनिबार हेटाैडा उपमहानगरपालिका वडा नं. १५ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँजकाे क्रममा नाईट्रोभेट ९ सय ट्याबलेट सहित सर्लाहीका फुल महमद पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर राना जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको चेकिङ टोलिले पथलैया तर्फबाट हेटौडा आउँदै गरेको लु १ ख ७१०२ नं. को बसलाई चेकजाँच गर्दा उक्त परीणाममा लागू औषध नाईट्रोभेट बरामद गरिएकाे हाे ।
प्रहरीका अनुसार बसमा सवार सर्लाही हरीपुर वडा नं. ९ बस्ने बर्ष ३४ का महमदले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा नाईट्रोभेट ९ सय ट्याबलेट फेला परेको थियाे । महमदलाई कानून अनुसार आवस्यक कारवाही प्रक्रिया भईरहेको रानाले बताए ।