मकवानपुर । हेटौंडामा बस र ट्रक एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । हेटौंडा १९ नेवारपानीमा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गकाे हेटाैडा नारायणगढ सडकखण्ड अन्तरगत नेवारपानीमा काठमाडाैंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे हाे ।
दुर्घटनामा परी सर्लाही चक्रघट्टका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मकवानपुर प्रहरीले दुबै सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।