मकवानपुर । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
भूकम्प पुनर्निमाण सम्बन्धी तीनवटै कार्यालय (भवन,शिक्षा र अनुदान) मा कार्यरत कर्मचारीबाट संकलन भएको ३ लाख १३ हजार ३ सय ७६ रुपैयाँ रकम विहीबार परिवारलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसहित जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का कर्मचारीहरु स्वर्गीय अधिकारीको चितवन स्थित घरमै पुगेर परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
जिसस प्रमुख खुलालसहितको टोलीले अधिकारीको आमा सिता अधिकारीलाई ३ लाख १३ हजार ३ सय ७६ रुपैयाँ बराबरको चेक हस्तानतरण गरेका छन्। रकम हस्तान्तरण कै अवसरमा प्रमुख खुलालले स्वर्गीय अधिकारीको परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
सव ईन्जिनियर स्वर्गीय अधिकारीको परिवारलाई विहीबार कार्यालयका कर्मचारीहरुको एकदिन बराबरको तलब संकलन गरेर सहयोग गरिएको हो । पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रमुख तुलसिराम खर्बुजाले बताए ।
२०७३ साल जेठ १३ गते भवन कार्यालयमा नियुक्त भएका अधिकारी जिल्लाको बकैया गाउँपालिकामा भूकम्प पुननिर्माण सम्बन्धी प्राविधिककाे रूपमा काम गर्दै अाएका थिए ।कोरोना संक्रमण भई चितवन स्थित घर जाने क्रममा गत असोज ३ गते अधिकारीकाे मनहरीमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो ।
रकम सहयाेग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रशासन प्रमुख विष्णु प्रसाद अर्याल, लेखापाल दिपक गजुरेल, ईन्जिनियर रविन पाठकलगायतको उपस्थिती थियो ।

यस्तै मृतक सव-इन्जिनियर अधिकारीकाे परिवारलाइ बकैया गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट संकलन गरिएको १ लाख २८ हजार ६ सय ३ रुपयाँ बराबरकाे चेक हस्तान्तरण गरिएकाे छ । मृतक अधिकारीको बुवा भुवानीप्रसाद अधिकारीलाई विहीबार एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष दामोदर खनालले उक्त रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी लगाएतको सहभागिता रहेको थियो ।