मकवानपुर । सरकारले भाइटिकाकाे भाेली पल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
