मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रदेशकै सबै भन्दा बिकट स्थानमा अवस्थित प्रहरी चौकीकाे निरीक्षण गरिएकाे छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा सहितकाे टेलीले प्रहरी चाकी लाङटाङ, रसुवाको निरीक्षण गरेका हुन् ।
उक्त प्रहरी चौकीकाे प्रहरी नायव महानिरीक्षक दर्जाको प्रहरी कर्मचारीबाट प्रथम पटक अनुगमन भएको हो । रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका को वडा नं ४ क्षेत्राधिकार भएको प्रहरी चौकी लाङटाङ, रसुवा यस प्रदेशकै सबै भन्दा विकट स्थानमा रहेको प्रहरी ईकाईमा पर्दछ ।

२०६४ सालमा स्थापना गरीएको उक्त प्रहरी चौकीले हाल सम्म भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ । बागमती प्रदेश सरकारबाट उक्त चौकी निर्माणको लागि २ करोड ६४ लाख ४८ हजार ९ सय ८ रुपैया बजेट निकासा भएपछि प्रहरी चौकीको कार्यालय भवन निर्माण शुरु भएको छ । बागमती प्रदेश सरकारबाट यस प्रदेश अन्तर्गतका ४७ वटा प्रहरी ईकाई निर्माणको लागि बजेट निकासा गरेको थियो । १३ जनाको दरबन्दी भए पनि जनशक्ति अभावका कारण हाल ४ जना मात्रै प्रहरी कर्मचारी उक्त चाैकी कार्यरत रहेको छ ।
यातायातको साधन नजाने हुँदा निर्माण सामाग्री ढुवानीमा हुने कठिनाई र वर्तमान संक्रमण जोखीमका ढिलोगरी निर्माण कार्य थालनी गरिएको उक्त प्रहरी चौकीको निर्माण कार्यलाई जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न निर्माण सम्झौता गरिएकाे निर्माण कम्पनीका व्यक्तिका साथै स्थानीयहरुसंग अन्तरक्रिया गरिएकाे थियो ।