मकवानपुर । नेपालकाे संविधानमा नेपाल एक संघीय लाेकतान्त्रिक गणतन्त्रामक राष्ट हुने व्यवस्था रहेकाेमा नाम प्रचलनमा एकरूपता ल्याउन नेपाल सरकारले देशकाे नाम नेपाल मात्र लेख्नु पर्ने गरी निर्णय गरे पछी आलाेचना र समर्थन दुवै थरी प्रतिक्रिया आउन थालेकाे छ ।
सरकारकाे उक्त निर्णयकाे समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ भएकाले नामको अगाडि विशेषण जोड्न आवश्यक नरहेको बताएका छन्।शुक्रबार केटीनेपाल ट्वीट ह्रयान्डलमा ट्वीट गर्दै अध्यक्ष थापाले नामका अगाडि विशेषण नराख्ने सरकारको निर्णय ठीक भएको बताएका हुन् ।

उनले ट्वीटरमा अगाडि लेखेका छन्,’संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन । सरकारको निर्णय ठीक छ। नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ’ ।
यस्तै जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आग्रह गरेका छन्।
शुक्रबार बीअारबी १९५४ ट्वीट ह्रयान्डलमा ट्वीट गर्दै संयुक्त राष्ट्र संघमा देश र राज्यका नाम संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन रहेको नेता भट्टराईले अवगत गराएका छन्। सोही अनुसार नेपालको नाम ‘फेडेरल डेमोक्रटिक रिपब्लिक अफ नेपाल’ रहेको उनले बताए।
अध्यक्ष भट्टराईले ट्वीट गर्दै भनेका छन्,’संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!’
