मकवानपुर । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ युटुवमा सार्वजनिक गरिएको छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको छ ।
फिल्ममा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । गत साल प्रदर्शनमा आएको यस फिल्मले सर्वाधिक लगानी उठाएको थियो । फिल्मले राम्रो लगानी उठाएको भन्दै यहि टिमले ‘ए मेरो हजुर ४’ निर्माण गरिरहेको छ ।
निर्देशक झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।