- गणेश भण्डारी
नेपालमा अहिलेको राजनीतिक पृष्ठभूमि, समचार पहिले प्रकाशन गर्ने प्रतिस्पर्धा र सस्तो लोकप्रियताका कारण मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकको विषय वस्तु र यसका संस्थाहरू सञ्चारमाध्यमका प्राथमिकतामा पर्दैनन् ।
कोभिड–१९ पूर्व गरिएको एक अध्ययनले नेपालका प्रिन्ट मिडिया, अलालाईन पोर्टल, एफएम रेडियो तथा टेलिभिजनका प्राइम समाचारमा मनोरञ्जनका क्षेत्रहरू डान्सबार, दोहोरी, मसाज सेन्टर व्यूटीपार्लर, होटल, गेष्ट हाउस तथा लज, खाजाघर, होम स्टे, पार्टी प्यालेस, सर्कस लगायतका क्षेत्रसंँग सम्बन्धी समाचारलाई प्राथमिकता नपाएको देखिएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषण गरेकाले केही होटलसम्बन्धी र केही होमस्टे सम्बन्धी समाचारलाई सञ्चारमाध्यमले स्थान दिए पनि त्यो न्यून महत्वमा प्रकाशन भएका थिए ।
दक्ष कामदार नचाहिने, थोरै पारिश्रमिकमा उपलब्ध हुने, थप जिम्मेवारी नभएको कारण यस क्षेत्रमा ग्रामीण युवती जो अशिक्षित छन्, गाउँबाट साहारको खोजिमा सहर पसेका छन्, उनीहरूलाई यस क्षेत्रमा काम लगाउने गरेको पाइयो ।
मनोरञ्जनलाई व्यवसायिकता दिने, यसलाई प्रोत्साहन गर्ने र यसमा पनि भविस्य छ भन्ने विषय वस्तु समेटेका फिचर समाचार न छापा माध्यममा पाइयो न विद्युतिय सञ्चार माध्यममा देखियो ।
मनोरञ्जनका क्षेत्रमा कार्यरत महिला श्रमिकलाई बेचविखनमा प्रयोग गर्ने, दुव्र्यवहार गर्ने र उजुरी परे प्रहरीले सार्वजनिक गर्ने विषयलाई भने सानो स्थान दिएको पाइयो । यस क्षेत्रका कार्यरत श्रमिकको हक हितको सुरक्षा, कानुनी व्यवस्था, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध हुने विषयलाई प्राथमिकता दिनु पर्ने हो । तर यि विषयवस्तु सञ्चार माध्यममा पाइएको थिएन ।
दक्ष कामदार नचाहिने, थोरै पारिश्रमिकमा उपलब्ध हुने, थप जिम्मेवारी नभएको कारण यस क्षेत्रमा ग्रामीण युवती जो अशिक्षित छन्, गाउँबाट साहारको खोजिमा सहर पसेका छन्, उनीहरूलाई यस क्षेत्रमा काम लगाउने गरेको पाइयो । अझ घर छाडेका, घरेलु हिंसामा परि पतिले घर निकाला गरेका, अभिभावक गुमाएका वा नभएका, अभिभावकले पढ्न तथा रोजगारीका लागि स्वीकृत नपाएका, घर तथा परिवारबाट अपहेलित र आफू निर्णय गर्ने क्षमता नभएका बालबालिका, किशोर किशोरी तथा महिला, दलित तथा अल्पसंख्यक वर्गको यस क्षेत्रमा उल्लेख्य प्रतिनिधित्व रहो । वा यो क्षेत्र उनीहरूको पहिलो प्राथमिकताको रोजगारी थियो । जसमा खानाको भरमा मात्र, खान बस्न दिएको भरमा वा पकेट खर्च मात्र दिएको भरमा श्रम गर्न बाध्य थिए उनीहरू ।
उनीहरूको अज्ञानतालाई यस क्षेत्रका व्यवसायीले क्यास गरेको (अनुचित फाइदा लिएको) देखियो । उनीहरूको बोल्ने मान्छे नहुने, आँफू कानुन तथा अधिकारका बारेमा अन्जान हुनु उनीहरूको नियति देखियो । जे भनो सोही काम गर्ने, नियुक्ति पत्र दिनु नपर्ने, तलब वा पारिश्रमिक जति दिए पनि स्वीकार गर्ने पर्ने, काम गर्ने तथा बासस्थान पनि व्यवस्थित नहुनु उनीहरूको प्रमुख समस्या रह्यो । मनोरञ्जनलाई विश्व अर्थतन्त्रमा हेर्ने हो भने एउटा उद्योगको रुपमा स्थापित भएको छ ।
तर नेपालमा यो लज्जाको, सस्तो मनोरञ्जन, यौन विकृतिको क्षेत्र वा हेयको दृष्टिले हेरेको पाइन्छ । यसमा जाने वा यसका ग्राहकमा पनि उनीहरूलाई सम्मान गर्ने पर्ने भावनाको विकास छैन । अश्लिल बोलि, यौन दुर्व्यवहार वहार गर्ने ग्राहक छन् भने प्रहरी प्रशासनले पनि वेश्यावृति गरेको, रात विरात काम गरेको, समाजमा वेथिति ल्याएको आरोप लगाउने गरेको छ । यसका सञ्चालकले पनि संरक्षण गर्ने भन्दा ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदा श्रमिक तेहोरो मारमा परेका छन् । न श्रमको मूल्य, न ग्राहकको माया, न प्रहरी प्रशासन वा कानुनको आड । यो मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसा स्थानीय तहामा मात्र हैन, प्रदेश, देश हुँदै सार्क तथा अन्तराष्ट्रिय क्षेत्रसम्म फैलिएको छ । यसको प्रभाव र यि विषय सबै क्षेत्रमा भए पनि यसको उठान भएको पाइएन ।
एक दुई ओटा समाचारमा यस सम्बन्धी कानुनी प्रावधानको उठान, उनीहरूको सुरक्षा र पारिश्रमिकका विषय समेटिए पनि अन्य सबै विषय स्थानीय तहका हिंसा, यौन दुर्व्यवहार, रोजगारी गुमेका लगायत सामान्य विषयको उठान भएको पाइयो । यो क्षेत्र खास क्षेत्रको चाडबाड, नयाँ वर्ष, वा आर्थिक चहलपहल भएको बेला उठान हुने हुँदा पनि हुनसक्छ हामी जति यसको क्षेत्रमा हुने राम्रा वा नराम्रा ९सकरात्म वा नकरात्मक० समाचार सञ्चार माध्यममा समेटिएको पाउँथ्यौँ । स्थान विषेश वा प्राइम टाइममा नभए पनि यौन हिंसा, दुर्व्यवहार, बेरोजगारी, कामको खोजी, विज्ञापन, उपलब्धता आदी विषयलाई वा महिलाको विषयलाई समाचार बनाउँदा समचार पढ्ने, सुन्ने वा हेर्ने गर्छन भन्ने मानसिकता पनि यो समय महिनामा देखिएन ।
हामीले अनुगमन गरेको २१ दिनको छापा, एफएम, अनलाइन तथा टिभिमा मुस्किलले पाँच दिनको समाचारमा मात्र यस मनोरञ्जनको विषयलाई समेटेको पाइयो । यस क्षेत्रमा हुने गतिविधि दैनिक रुपमा हुने हुँदा पनि सञ्चारमाध्यमले यसलाई आफ्नो प्राथमिकतामा नराख्ने, यसका लागि सम्वादाता वा विट नतोक्ने, अन्य समाचारका श्रोतबाट पाएकालाई मात्र राख्ने गरेको पाइयो । किनकी जति समाचार बाहिर आए, हामीले अनुगमन गरेका थियौँ । त्यसमा अधिकांश समाचारमा वाइलाइन थिएन । भन्नाले सम्वादाता थिएन । भएकोमा पनि महिला सम्वादाता थिएन । यि सबै कुराले पनि यस विषयले सञ्चार माध्याममा स्थान नपाएको पाइयो ।
(लेखक भण्डारीद्धारा केही समय अघि उपत्यका बाहिरका ६ दैनिक पत्रिका तथा उपत्यका भित्रका ६ टीभी, ६ अनलाइन, केही एफएम र ब्रोडसिट दैनिकहरुमा गरिएको मिडिया अनुगमनपछि तयार पारिएको प्रतिवेदनको अंश ।)