मकवानपुर । मकवानपुरमा ६१ जना कोरोना भाइरस संक्रमित थपिएको छ । पछिल्लो २४ घण्टामा यहाँ थप ६१ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार संकलन गरिएको १ सय ४२ जनाको स्वाब परीक्षणमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढी ५३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि बकैया गाउँपालिका,मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र हेटौंडा बस्ने जिल्ला बाहिरका २/२ जना रहेका हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।