मकवानपुर । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले जानकारी दिएकाे छ ।
महाशाखाका अनुसार आज कार्तिक १७ गते साेमबार प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेकाे छ ।
यसै गरी कार्तिक १८ गते साेमबार देशभर पहाडी भूभागहरुमा आंशिक देखि समान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुमा १/२ स्थानमा हल्का बर्षाको सम्भावना छ । यस्तै कार्तिक १९ गते बुधबार देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टाका लागि माैसमकाे कारण कुनै खतरा रहेकाे छैन ।