मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । कार्तिक १६ गते आइतबारबाट ३ दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गरिएकाे कार्यालयले जनाइएको छ ।

कार्यालयका राजश्व फाँटमा कार्यरत कर्मचारी र कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको कार्यालय प्रमुख भक्तराज भण्डारीले बताए । उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जानकारी दिइएकाे पनि बताए ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक हेटाैडाका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले बैंकले पनि आज आइतबारबाट सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको छ ।