मकवानपुर । कार्तिक १६ गते आइतबार सुन तथा चाँदीको मूल्य बढेकाे छ । सुन तोलामा पाँच सय रुपैयाँ बढेको छ भने चाँदी ताेलामा १५ रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार साताकाे पहिलाे दिन सुनको मूल्य पाँच सय बढेसँगै आइतबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्यसमेत तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।