मकवानपुर । मकवानपुरमा थप ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । कार्तिक १३ गते लिईएको १ सय १० जनाको स्वाब परीक्षणमा थप ५९ जनामा संक्रमण देखिएको हो । संक्रमित ५९ जना मध्य २३ जना महिला र ३६ जना पुरूष रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ४८ जना,थाहा नगरपालिका र मनहरी गाउँपालिकाका ५/५ जना र बकैया गाउँपालिकाका १ जना रहेकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।