मकवानपुर । मकवानपुरमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा काेराेना पुष्टि भएकाे हाे ।
काेराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २५ जना,बकैया गाँउपालिका र मनहरी गाउँपालिकाका १/१ जना गरी २७ जना रहेका छन् ।
कार्तिक ११ गते ४६ जनाको कोरोना परीक्षणको लागि लिईएको स्वाबको परीक्षण गएराति आएको रिपोर्टमा थप २७ जनामा संक्रमण पुष्टि भएको हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
