मकवानपुर । मकवानपुमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५७ जना,थाहा नगरपालिकाका ४ जना,मकवानपुरगढी तथा भीमफेदी गाउँपालिकाका २/२ जना र मनहरी गाउँपालिकाका १ जना र जिल्ला बाहिरका १ जना गरी ६७ जनामा कारोना पुष्टि भएको हो स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए ।
यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ७ सय ९८ पुगेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार मकवानपुरमा हालसम्म १ हजार ८ सय ३७ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय २६ संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।