इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शनिबार) दुई खेल हुने छन्। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली चौथो स्थानमा रहेको कोलकातालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदानमा उत्रिने छ । यस खेलमा दिल्लीले कोलकातालाई पराजित गरे दिल्ली प्लेअफमा पुग्ने सम्भावना लगभग पक्काजस्तै हुनेछ। तर, त्यसका लागि केही अंक गणितीय तथ्याङ्क मात्र बाँकी रहनेछ।
दिल्लीले कोलकातालाई पराजित गरे ११ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिनेछ। यता कोलकाताले दिल्लीलाई पराजित कोलकाता चौथो टोलीका रुपमा प्लेअफमा पुग्ने सम्भावना अझै बलियो हुनेछ।
कोलकाताको हाल १० खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। त्यस्तै आजै हुने अर्को खेलमा किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबादबीच हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।
आजको खेलमा पन्जाब र हैदराबादका लागि जित्नै पर्ने दबाब छ। प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीले जीतका लागि गर या मरको अवस्थामा छन्। समान १० खेल खेलेको हैदराबाद र पन्जाबको समान ८ अंक छ। समान अंक भए पनि हैदराबाद रन रेटका आधारमा पन्जाबभन्दा एक स्थान माथि छ।
त्यसैले पनि यो खेल दुवै टोलीको जितका लागि निकै नै आवश्यक छ। आजको खेल जित्ने टोलीको प्लेअफ सम्भावना जीवित रहनेछ भने पराजित टोलीको सम्भावना करिब सकिनेछ। तर, गणितीय झिनो सम्भावना भने जीवित रहनेछ। एजेन्सी