मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६सय ५ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिए यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ।
यस्तै देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
गाैतमकाका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ।
यस्तै मकवानपुर थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६३ जना र जिल्ला बाहिरका २ जना रहेका छन् ।
जिल्लामा हालसम्म २ हजार ५ सय जना बढीमा कोरोना पुष्टि भएको छ जिल्ला जनस्वास्थ्य कार्यलयले जानकारी दिएकाे छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा १ हजार ५ सय ८० जना संक्रमित उपचार पछि निको भएका छन् । जिल्लामा हालसम्म मृत्यु भएका १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएकाे छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,बागमती गाउँपालिका,मनहरी गाउँपालिका र थाहा नगरपालिकाका १/१ जना गरी १९ जना रहेका छन् ।
हालसम्म जिल्लामा होम आइसोलेसनमा ८ सय ८१ जना र आइसोलेसनमा ८७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा कोरोना पुष्टि भएर थप उपचारको लागि जिल्ला बाहिर पठाईएको संख्या ९ रहेको बताइएकाे छ ।