मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको जानकारी दिए । योसंगै जम्मा संक्रमित १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९६ हजार ६ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ८ सय ६१ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख १४ हजार ७ सय ७९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ४ हजार २ सय २० छ ।
पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ सय ६५ पुगेको छ । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ ।
होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जना संक्रमित थपिएका छन् ।